प्रतिनिधिसभाको बैठक पर्सि शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । नेकपा एमालेको अवरोधका कारण आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३:०० बजेसम्मका लागि स्थगित गरिएको छ ।

‘बुधबार आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल असार २२ गते शुक्रबार दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले भनेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर