राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
बुधबार अपराह्न २:३१ मा बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए।
एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ बजेर एक मिनेटमा बस्ने गरी स्थगित भएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले पुनः ४:४६ मा बैठक बस्ने सूचना जारी गरेको थियो।
तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार अपराह्न १:०१ बस्ने गरी निर्धारण गरेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया