नेपालसँगको खेल पछि आयरल्यान्डको कप्तान परिवर्तन

काठमाडौं । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटमा आयरल्यान्ड सुपर सिक्समै पुग्न नसकेपछि कप्तान एन्डि बालबर्नीले राजीनामा दिएका छन् ।

बालबर्नीले नेपालसँगको खेलपछि सिमित ओभरको क्रिकेटबाट कप्तानी छाड्ने निर्णय लिएका हुन् ।

आयरल्यान्ड क्रिकेटले बालबर्नीको स्थानमा ओपनर पल स्टरलिङलाई तत्कालको लागि कप्तानी नियुक्त गरेको जनाएको छ । २०१९ मा बालबर्नी आयरल्यान्डको कप्तान बनेका थिए । टेस्ट टोलीमा भने उनी कप्तानमा निरन्तर हुनेछन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर