१४ वर्षीया बालिकालाई तीन महिनादेखि बलात्कार गरेको अभियोगमा राई पक्राउ

काठमाडौं । इलाममा १४ वर्षीया बालिकालाई तीन महिनादेखि बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको रोङ गाउँपालिका–१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राई रहेका छन्। उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

राईले ती बालिकालाई विगत तीन महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर