प्रमुख प्रतिपक्षी दल एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै राष्ट्रिय सभा बैठक अबरुद्ध गरेको छ ।

प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए । यसै बिषयलाई लिएर एमालेले प्रधानमन्त्रीको जवाफ मागेको हो । प्रधमामन्त्रीको सो भनाई गैरजिम्मेवार रहेको एमालेको ठम्याई छ । प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै एमाले सांसदहरुले बैठक अवरोध गरेका हुन् ।

उता प्रधानमन्त्री दाहालले पुस्तक बिमोचनको कुरालाई लिएर एमालेले बबण्डर मच्चाउन खोजेको बताएका छन् । बुधबार काठमाडौमा आयोजित पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको प्रशिक्षणमा यस्तो बताएका हुन् । एमालेको अवरोध पछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर