पछिल्लो २४ घण्टामा २ हजार बढी सवारी चालक कारबाहीमा परे

काठमाडौं । ट्राफिक नियम उलङघनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् ।

जसअनुसार मापसेमा ६९, लेन उलङघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन ।

यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर