लुम्बिनी प्रदेशसभामा एमालेको बहिस्कार

काठमाडौं ।  राजनीतिक पूर्वाग्रहका आधारमा क्रमागत योजनामा बजेट कटौती गरेको र निर्देशनालय खारेज गरेको भन्दै लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) ले बजेटमाथिको छलफल बहिस्कार गरेको छ।

आर्थिक वर्ष २०८०-०८१ को बजेट वक्तव्यमाथि छलफलका लागि मंगलबार बोलाइएको बैठक एमालेले बहिस्कार गरेको हो। बैठक सुरू हुनेबित्तिकै एमाले सांसदले उठेर विरोध जनाएका थिए। एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले बजेट पुस्तिका च्यातेर प्रदेश सभा बैठक बहिस्कार गरेका थिए। बैठक बहिस्कार गरेर एमाले सदस्यहरु नाराबाजी गर्दै बाहिरिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर