जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनि डेराबाट निकालिएको घटनाको विरोधमा जसपाले खबरदारी कार्यक्रम गर्न लागेको हो ।

जसपाको केन्द्रीय प्रचार विभागले काठमाडौंको माइतीघर मण्डलामा बुधबार दिउँसो १ बजे पार्टीका नेता, कार्यकर्तालगायत आम नागरिकलाई जातीय विभेदविरुद्धको खबरदारी कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । कार्यक्रम पार्टीसम्बद्ध शिल्पी⁄दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको आयोजनामा हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर