डिजाइन गलत भएपछि ग्वार्कोको फ्लाइओभरको काम रोकियो, जनतालाई मात्र सास्ती

काठमाडौं । ललितपुरको ग्वार्कोचोकमा निर्माण गर्न लागेको फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) को काम रोकिएको छ। फ्लाइओभरको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि निर्माणकार्य रोकिएको हो।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले फ्लाइओभर निर्माणक्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको बताए । उनले भने, “प्राविधिक समस्या पहिचान र निराकरण नगरी निर्माण अगाडि बढाउन सकिँदैन। भारतबाट प्राविधिक बोलाएर समस्या पहिचान र निराकरण प्रयास भइरहेको छ।”

सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको निर्माण हुनेछ। निर्माणपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन र ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरको मुनिबाट ‘क्रस’ गर्नेछन्। फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुने छ। फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ।

सो फ्लाइओभरको उचाइ ५.५ मिटरको हुनेछ। ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्‍याम्प निर्माण गरिनेछ। चक्रपथको मुख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्ने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर