ललितानिवास जग्गा प्रकरण मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा मङ्गलबार उक्त मुद्दाको पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय भट्टराई र फुयाँलको संयुक्त इजलासले बन्दी प्रत्यक्षकरणसम्बन्धी चार वटा मुद्दाको सुनुवाइ गर्दै अन्य मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सुधीरकुमार शाहको हकमा अभिषेकविक्रम शाह, धर्मप्रसाद गौतमको हकमा सरोज गौतम र मीनबहादुर गुरुङको हकमा विद्या गुरुङले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित असार १३ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर