आजदेखि हनुमानढोका परिसरमा सवारीसाधन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो ।

महानगर प्रमुख बालेन्द्र साहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए । “विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्”, उनले भने, “अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।”

वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेको र भविष्यमा लाखौँ पर्यटक आउनसक्ने सम्भावना रहेको सामाजिक सञ्जालमा उनले बताए । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरिएको मेयर साहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर