जेरार्ड साउदी प्रो लिग क्लब अल इतिफाकको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । स्टेभन जेरार्ड साउदी प्रो लिग क्लब अल इतिफाकको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । लिभरपुलका पूर्व लिजेण्ड कप्तानलाई साउदी क्लबले मुख्य प्रशिक्षक घोषणा गरेको हो ।

एस्टन भिल्लाका प्रशिक्षक रहेका जेरार्डले गत अक्टोबरबाट क्लब छाडेका थिए । उनी गत महिना नयाँ गन्तब्यको विषयमा छलफल गर्न साउदी गएका थिए । क्लबले सोमबार उनको नियुक्तिको पुष्टि गरेको हो ।

जेरार्डले भिल्ला अघि स्कटिक लिगमा रेन्जर्सको नेतृत्व गरेका थिए । सन् २०२०–२१ को सिजनमा रेन्जर्सले उपाधिनै उचालेको थियो ।

साउदी खेलकुद मन्त्रालयले जुन ५ मा पब्लिक इन्भेष्टमेन्ट फन्ड (पीएफए)ले साउदी प्रो लिगको चार क्लबलाई स्वामित्वमा लिने घोषणा गरेको थियो । पीएफएसँग प्रिमियर लिग क्लब न्युक्यासलको ७५ प्रतिशत स्वामित्व रहेको छ । साथै उसले साउदी प्रो लिगका चार क्लब अल इतिहाद, अल आहिल, अल हिलाल र अल नासरको ७५ प्रतिशत हिस्सा समेत समेटेको छ । बाँकी २५ प्रतिशत स्वामित्व मुनाफा रहित संस्थासँग रहेको छ ।

अल इतिफाक डाममाम शहरमा रहेको क्लब हो । जो ती चार सरकारी स्वामित्वको क्लब भन्दा बाहिरको क्लब हो । साउदी सरकारले फुटबललाई देशको भिजन २०३० को परियोजना अनुसार अघि बढाईरहेको छ ।

जनवरीमा क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको थियो, साउदी क्लब अल नासरले । लगत्तै अल हिलालले लियोनल मेस्सीलाई प्रति वर्ष ४ सय मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । यस्तै अल इतिहादमा गत महिनामात्र रियल मड्रिडबाट करिम बेन्जिमा आएका छन् । जुन क्लबलाई प्रिमियर लिगका म्यानेजर नुनो सान्तोले नेतृत्व गर्नेछन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर