फिल्म ‘अदृश्य’ को पोस्टर सार्वजनिक, साउन १९ गतेदेखि प्रदर्शन हुने

काठमाडौं । अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेत अभिनीत फिल्म ‘अदृश्य’ को पोस्टर सार्वजनिक गरिएको छ।सोमबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका छन्। यो फिल्म आगामी साउन १९ गतेदेखि प्रदर्शन हुनेछ।

सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा देख्न सकिन्छ। उनको हातमा पेस्तोल छ भने सोहित र रिस्ता कुनै अकल्पनिय घटना देखेर अचम्मित भएको भावमा देखिन्छन्।

प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशन रहेको फिल्ममा प्रमोद, सोहित र रिस्तासँगै प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, प्रतिक भुजेल, अभिमान सिंह बस्नेतलगायत कलाकारको अभिनय छ।

उत्तम हुमागाईं र मोहन कुमार झिल्लुले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्। पिताम्बर फिल्म्सको प्रस्तुतीमा निर्माण भएको फिल्ममा आकाश उखेडाको कथा, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर छ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर