नेप्से दोहोरो अंकले घटेर बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २१.३२ अंकले घटेर दुई हजार ७५ दशमलब ९७ विन्दुमा झरेर बन्द भएको हो ।

आज चार अर्ब ५ करोड १० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, बिपीडब्लु लघुवित्त वित्तीय संस्था र सिटी होटल्स रहेका छन् ।

आज सबैभन्दा बढी लक्ष्म इक्युटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफको भएको छ । यस कम्पनीको आज २३ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर