नेपालले अन्तिम खेल टेस्ट टोली आयरल्यान्डसँग खेल्ने

काठमाडौं । नेपालले आइसीसी विश्वकप छनोटको अन्तर्गत आफ्नो अन्तिम खेल टेस्ट टोली आयरल्यान्डसँग खेल्ने भएको छ ।

नेपाल र आयरल्यान्डबीचको खेल मंगलबार हुनेछ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ ।

नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।

नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो ।

सातौं स्थानको लागि नेपालले आयरल्यान्डसँग खेल्नेछन् ।नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई हराएको थियो । जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्ड्ससँग पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।

उता, आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बी बाट सुपर सिक्स पुग्न सकेको थिएन । आयरल्यान्ड समूह चरणमा ओमान, स्कटल्यान्ड र श्रीलंकासँग पराजित भएको थियो ।

युएईलाई भने हराएको थियो । आयरल्यान्डले प्लेअफ खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर