जारी हिंसात्मक प्रदर्शन रोक्न हजुरआमाको अपील

 काठमाडाैं । फ्रान्समा प्रहरीको गोली लागी मृत्यु भएका किशोर नाहेल एमकी हजुरआमा नादियाले देशमा केही दिनदेखि जारी हिंसात्मक प्रदर्शन रोक्न अपील गरेकी छन् ।

आफनो नातीको मृत्युपछि भड्किएको प्रदर्शन एक बहाना मात्र भएको भन्दै उनले आफनो नातीलाई ढाल बनाएर अराजकता नफैलाउन माग गरेकी हुन् ।

गत मंगलबार यता भएका प्रदर्शनमा सरकारी र निजी भौतिक सम्पतिमा ठूलो क्षति पुर्‍याइएको छ । एमकी हजुरआमाले कलेज, विद्यालय र सवारी साधनको के कति दोष छ र तोडफोड गरियो भन्ने प्रश्न समेत गरेकी छन् । एमको हत्यामा संलग्न प्रहरीले सबै दोष आपूmले लिएर प्रहरी युनिटलाई बचाएको भन्दै उनले गोली हान्ने प्रहरी कानूनी दायरामा आउनेमा आफु विश्वस्त रहेको पनि बताएकी छन् ।

एमकी हजुरआमा नादियाको अपीलका बावजुद फ्रान्समा छैठौं दिन पनि प्रदर्शन जारी रहेको छ । प्रदर्शन रोक्न हजारौं सुरक्षाकर्मी परिचालित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर