प्रचण्डले गिरिजा कोइरालालाई राष्ट्रपतिमा प्रस्ताव नगरेर गल्ती गरेको स्वीकारे

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा प्रस्ताव नगरेर आफूले गल्ती गरेको स्वीकारेका छन् । काठमाडौंको चाबहिलमा सोमबार जीपी कोइराला मेमोरियल कलेजको १२ औँ वार्षिक उत्सव तथा गिरिजा प्रसाद कोइरालाको शतवार्षिकी समारोहमा उनले देशलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा आफू र गिरिजाप्रसादबीच गणतन्त्रका लागि सम्झौता भएको पनि बताए ।

समारोहमा प्रधानमन्त्रीले व्यक्त गरेको अभिव्यक्ति यस्तो छ :–उहाँ (गिरिजाप्रसाद) ले शान्तिप्रक्रियामा आउनुपर्‍यो, तपाईंहरूका कुरा के छन्? सहमति गरौँ भन्नुभएको थियो। मैले पनि धेरै भन्नु छैन, शान्तिमा आउँछौँ, तपाईंले गणतन्त्र आइदिनुपर्‍यो भनेको थिएँ । उहाँ (गिरिजाप्रसाद) ले पहिलो भेटमा गणतन्त्रमा आउँछु भन्नुभएको थिएनँ। तर, त्यसबारे विश्वास दिनुभयो।’ मैले पनि उहाँलाई विश्वास दिलाएको थिएँ। हो त्यही बिन्दुबाट हामीबीच १२ बुँदे समझदारी, विस्तृत शान्तिसम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भयो। यो उपलब्धिका लागि सामान्य मिहिनेत भएको थिएन।’ यो असाधारण राजनीतिक सम्झौता थियो। एउटा ठलो सामाजिक रुपान्तरणको महाअभियान पनि थियो। पहिलो भेटदेखि उहाँमा कुनै द्विविधा, अविश्वास र अस्थिरता देखिनँ । ‘बरु मैले त्यसपछि गल्ती गरेँ, उहाँले गर्नुभएन। उहाँसँग पहिलो भेटमा भनेका र लिएका कुरा सबै पूरा गर्न सकिनँ। मैले उहाँको चाहनाविपरीत निर्णय गर्दा पनि विश्वास गर्न छाड्नुभएन। मलाई संरक्षण गरिरहनु भयो। उहाँ नायकका रुपमा स्थापित हुनुभयो।’ उहाँ (गिरिजाप्रसाद) नभएको भए देश यहाँसम्म आउने थिएन। गणतन्त्र घोषणापछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो तर मैले गर्न सकिनँ । मलाई त्यस कुरामा पश्चाताप छ। मैले प्रस्ताव नगरेपछि पहिले जस्तो विश्वास नगर्नु होला लागेको थियो। तै पनि मेरो नेतृत्व देशलाई जरुरी छ भनिरहनु भयो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर