प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्।

कैलालीको धनगढीमा प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा  परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्। साउदका अनुसार आगामी सेप्टेम्बर अर्थात् भदौ महिनामा चीन भ्रमणमा जाने गरी प्रधानमन्त्रीको कार्यक्रम तयार भइरहेको छ।

‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ। सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, उनले भने, ‘उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको छ। चीनको विकासको छलाङलाई नेपालमा पनि उपयोग गर्न सक्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर