अमेरिकामा फेरि गोलीकाण्ड, दुईजनाको मृत्यु

काठमाडौं । अमेरिकामा फेरि गोली चलेको घटना भएको छ । सञ्चारमाध्यमका अनुसार आइतबार बाल्टिमोर शहरमा एउटा पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बाल्टिमोर प्रहरी विभागका कार्यवाहक आयुक्त रिचर्ड वर्लीले पत्रकार सम्मेलनमा घटनास्थलमा जम्मा ३० जना पीडित भएको बताए । उनले शहरको दक्षिणी भागमा रहेको ब्रुकलिन होम्स नजिकैको ब्लक पार्टीमा बिहान १२ः३० बजेपछि गोली चलेको बताए। अमेरिकामा जुलाई ४ को बिदाअघि देशभर जमघट भइरहेका बेला गोली हानाहानको यो घटना भएको हो । अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवस मनाइन्छ।

अमेरिकाको कन्सास शहरमा पनि गोली चलेको घटना भएको छ, जसमा सात जना घाइते भएका छन् । बाल्टिमोरका मेयर ब्रान्डन स्कटले घटनास्थलको भ्रमण गरे र भागेका आक्रमणकारीहरूलाई खुला चेतावनी दिएर भने, “आक्रमणकारी नभेटिएसम्म आराम गर्दिनँ । स्कटले सर्वसाधारणलाई आक्रमणकारीहरूको बारेमा जानकारी साझा गर्न अपील गरेका छन्। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर