कानुन व्यवसायी र अदालत कर्मचारी द्वन्द्व : बन्दीप्रत्यक्षीकरणबाहेक मुद्दामा बहस नगर्ने

काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा सोमबार देशभर बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने जनाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आइतबार जारी गरेको प्रेसविज्ञप्तिमा यही असार १८ गते देशभरिका अदालतहरूमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी नगर्ने उल्लेख छ ।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने माग समेत गरेको छ ।

जिल्ला अदालत ललितपुरमा असार १३ गते नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरूप देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरूप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।

लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर