नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सोमबार बिहान पहिरो खसेपछि एउटा ट्रक पल्टिना कारण सडक दुईतर्फी नै बन्द भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिए र ट्रकका चालक सामान्य घाइते भएको बताए ।

अहिले पहिरो पन्छाएर ट्रकलाई उठाउने तयारी गरिरहेको प्रहरी निरीक्षक तामाङले बताए । उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । आइतबार झन्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालनमा आएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडक खण्ड प्रयोग नगर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर