कांग्रेसले जिल्ला सभापतिहरूको भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला गर्ने भएको छ। यही असार २० गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूको भेला हुने तय भएको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले कार्यक्रमबारे जिल्ला सभापतिहरूलाई खबर गर्ने तयारी भइरहेको जानकारी दिए। संगठनका कामकारबाहीलगायत विभिन्न विषयबारे कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेको हो। महामन्त्री गगन थापाका अनुसार जिल्ला सभापतिहरूलाई असार २० गते केन्द्रीय कार्यालयमा आमन्त्रण गर्ने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर