कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि चार दिन अर्थात् आगामी असार २१ गते अपरान्ह ५ बजेसम्मको समय दिएर दलहरुलाई आह्वान गरेका हुन्। खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन्।

कोशीमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार यही शुक्रबार विश्वासको मत नपाउँदै ढलेको थियो। प्रदेश प्रमुखबाट सरकार गठनका लागि बोलाएसँगै कोशीमा ठूलो दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर