नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो। इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति ११ः३० बजे गएको पहिरो पन्छाएपछि आइतबार साँझदेखि सडक सञ्चालनमा आएको हो।

पहिरो खसेको १९ घण्टापछि सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर