अतिआवश्यकीय जीवनरक्षक औषधिको मौज्दात पेश गर्न निर्देशन

काठमाडौं । सरकारले अतिआवश्यकीय जीवनरक्षक औषधिहरुको मौज्दात विवरण असार २२ गतेभित्र पेश गर्न निर्देशन दिएको छ । औषधि व्यवस्था विभागले आज सूचना निकाल्दै सम्पूर्ण आयातकर्ता तथा स्वदेशी उत्पादकलाई अतिआवश्यकीय जीवनरक्षक औषधिहरुको मौज्दात विवरण पेश गर्न निर्देशन दिएको हो ।

वर्षायामसँगै फैलिने रोग या आपूर्ति शृंखलामा उत्पन्न हुनेसक्ने अवरोधका कारण उपचारमा प्रयोग हुने औषधिहरुको बजार उपलब्धता सुनिश्चित गर्न विभागले यस्तो निर्देशन दिएको जनाएको छ । साथै विभागले प्रयाप्त मौज्दात कायम राख्न सहज आपूर्तिको व्यवस्था मिलाउन र सम्भावित दुर्घटना हुन नदिन सम्पूर्ण आयातकर्ता तथा स्वदेशी उत्पादकलाई आफूसँग रहेको औषधिको पछिल्लो मौज्दात विवरण विभागबाट तयार पारिएको गुगल अनलाईन फर्ममार्फत हरेक महिनाको अन्तिम शुक्रबार उपलब्ध गराउन आग्रह गरेको छ ।

यस सम्बन्धमा कुनै दुविधा भएमा योजना, समन्वय तथा व्यवस्थापन महाशाखाअन्तर्गतको सूचना तथा तालिम शाखामा समन्ययन गर्न विभागले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर