नेदरल्यान्ड्सका राजाले दास प्रथाका लागि माफी मागे, तर पीडितले भने, “क्षतिपूर्ति देऊ”

काठमाडौं । नेदरल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरले शनिबार दास प्रथा उन्मूलनको वार्षिकोत्सवमा दास प्रथा र दास व्यापारमा देशको ऐतिहासिक भूमिकाको लागि माफी मागेका छन् । उनले भने, “यसका लागि म व्यक्तिगत रूपमा माफी माग्छु ।”

गत वर्षको अन्त्यमा नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले पनि माफी मागेका थिए । राजा अलेक्जेन्डरले आफ्नो भावपूर्ण सम्बोधनमा भने, ‘आज तपाइँहरू सामु उभिएको छु । यो अवसरमा म तपाइँका राजा, सरकारको सदस्य र म आफ्नै हैसियतमा माफी माग्दछु।” उनले थपे “म मेरो हृदय र आत्मामा शब्दहरूको वजन महसुस गर्छु।”

दक्षिण अमेरिकी देश सुरिनाम र क्यारिबियन टापुहरू अरुबा, बोनेयर र कुराकाओका हजारौं दासहरूको सन्तानले शाही आममाफीलाई स्वागत गरेका छन् । तर, यीमध्ये धेरैले माफीसँगै क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । राजाले नेदरल्यान्ड्सको दासत्वमा ओरेन्ज–नासाउको रोयल हाउसको सही भूमिकाको बारेमा एक अध्ययन कमिसन गरेका छन्।

“आजको यस स्मृति दिवसमा, म मानवताविरुद्धको यो अपराधरूपी अनुहारमाथि कारबाही गर्न असफल भएकोमा क्षमा चाहन्छु”, एम्स्टर्डम पार्कमा देशको राष्ट्रिय दासत्व स्मारकमा माल्यार्पण गर्नुअघि आफ्नो भाषण समाप्त गर्दा विलेम–अलेक्जेन्डरको आवाज पनि भावुक भएको थियो । जुलाई १, १८६३ मा सुरिनाम र क्यारिबियन मा डच (नेदरल्यान्ड) को उपनिवेशमा दास प्रथा उन्मूलन गरिएको थियो । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर