भारतबाट घटेर आयो पेट्रोलियमको मूल्य

काठमाडौँ  । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले यो पटक पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ ।

त्यस्तै  एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । ग्यासको मूल्य घटेर आएपछि निगमलाई ग्यासमा अब नोक्सानी नरहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।
नेपाल आयल निगम हाल नाफामा छ । निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, ग्यासमा प्रतिसिलिण्डर ७ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । त्यस्तै मट्टितेलमा भने प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा निगम आन्तरिकतर्फ प्रतिलिटर ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर