बागमती प्रदेशसभाको बैठक चल्न नदिने एमालेको निर्णय

काठमाडौं । बागमती प्रदेशसभा बैठकमा गत मङ्गलबारदेखि अवरोध गर्दै आएको नेकपा एमालेले माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने जनाएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेटमाथि छलफल गर्न बोलाइएको बैठक एमालेले अवरोध गर्दै आएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आइतबार एमाले संसदीय दलको कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री र केही मन्त्रीको जिल्लामा बजेट केन्द्रीकृत गरी असन्तुलित रुपमा बजेट विनियोजन गरिएको बताए।

पार्टीको ११ बुँदे माग सार्वजनिक गर्दै ती माग सरकारले पूरा नगरेसम्म प्रदेश सभाको बैठक चल्न नदिने उनले बताए । एमालेले प्रदेशका १३ वटै जिल्लामा प्रदेश गौरवका योजनालाई बजेटमा व्यवस्था गरिनुपर्नेलगायतका माग गरेको छ ।

बजेटप्रतिको एमालेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छ । विपक्षी दलको लगातारको अवरोधपछि प्रदेशसभाको बैठक आज बस्ने गरी बोलाइएको भए पनि बैठक सुरु हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर