प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि महाभियोग लगाउनुपर्ने माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि महाभियोग लगाउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बुेको बैठकमा सुवालले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको भन्दै महाभियोग लगाउन माग गरेका हुन् ।

उनले भने, ‘न्यायालय अहिले भद्रगोल छ । न्यायाधीशहरूले झगडियाहरूसँग टेलिफोन गरेको उदाहरण बाहिर आएको छ । झगडियासँग फोन गर्न मिल्छ न्यायाधीशले ? र, न्यायाधीश र वकिलको सिन्डिकेट चलिरहेको बाहिर आएको छ । अदालत स्वयलें सार्वजनिक जमिन व्यक्तिको नाममा दर्ता गर्दिने– छाँया कम्प्लेक्स, ललितानिवास । सगरमाथा राष्ट्रिय निकुन्जको जग्गा व्यक्तिको नाममा कसरी दर्ता भयो ? न्यायालयको काम, न्यायालयको फैसलाले । त्यसकारण न्यायालयको फैसलालाई अनुगमन गर्नुप–यो। यसमा कानुनमन्त्री अगाडि बढ्नुप–यो । र, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीजीले महान्यायाधिवक्ता हुँदा सरकारी जग्गा व्यक्तिको हो भनेर दर्ता गरेको कुरा बाहिर आएको छ । यस्तो विषय सबै अख्तियार दुरुपयोग हो । संसदले महाभियोग लगाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर