भारतमा जीएसटीका कारण राजस्व वृद्धि

काठमाडौं ।  भारतको वित्त मन्त्रालयले वस्तु तथा सेवा कर (जीएसटी) राजस्व संकलन जुन महिनामा १,६१,४९७ करोड रुपैयाँ भारु रहेको जनाएको छ । जुन वार्षिक रूपमा १२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो महिना, मे २०२३ मा, यो संख्या १,५७,०९० करोड रुपैयाँ भाश्र थियो। अर्थात् गत महिनाको तुलनामा ४ हजार ४०७ करोड रुपैयाँ भारु बढी भएको छ । जीएसटी लागू भएदेखि यो लगातार चौथो पटक हो ।

यस वर्ष अप्रिल २०२३् मा सबैभन्दा बढी जिएसटी सङ्कलन भएको थियो। यो आंकडा १.८७ लाख करोड रुपैयाँको रेकर्ड स्तरमा छ । जबकि मासिक जीएसटी राजस्व डाटालाई हेर्दा यो लगातार १६ महिनामा १.४ लाख करोड रुपैयाँ भारुभन्दा माथि रहेको छ। जुनको सङ्कलन मेको तुलनामा बढी हुनेछ र १.६ लाख करोड पार गर्ने अनुमान गरिएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर