प्लेअफमा खेलमा नेपालले पहिलो सफलता

काठमाडौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ । हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।

नेपालका लागि करन केसीले पहिलो सफलता दिलाएका छन् । उनले खेलको दोस्रो बलमा नै विकेट लिएका हुन् । विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले  नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर