सरकारलाई दिएको समर्थनका सम्बन्धमा जनमत पार्टी द्विविधामा

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिन गएका जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि राजनीतिक रूपमा उनी द्विविधामा परेका छन् । राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार बिहान भेटेका थिए ।
भेटमा राउतले सरकारसँग विमति रहेकाले बाहिरिन चाहेको बताएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजेको मन्त्रालय दिन आफू तयार भएको बताएपछि उनी द्विविधामा परेको बताइएको छ ।

प्रधानमन्त्री सचिवालय स्रोत भन्छ, ‘बिहान राउतजी आउनुभएको थियो। प्रधानमन्त्रीज्यूले सरकारमा सहभागी हुन र माग सम्बोधन गर्ने आश्वासन दिनुभयो। आज प्रधानमन्त्रीज्यू व्यस्त भएकाले टुंगोमा पुग्न सकिएन ।’
जनमत पार्टीले आफूहरूले रोजेको भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि आफ्ना एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो। गत पुस ११ गते शपथ लिएका जनमत पार्टीका मन्त्री अब्दुल खानले माघ ३ गते मात्रै खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

त्यसअघि उनले उद्योग मन्त्रालय पाउनुपर्ने अडान लिएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले मन्त्रालय फेरबदल नगरेपछि मन्त्री खानले चैत १७ गते राजीनामा दिएका थिए। जनमत पार्टीका मन्त्री खानले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो । तर आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा भइरहेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर