चीन भ्रमणमा हवाई मार्गबारे छलफलबारे छलफल हुने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले छिट्टै चीन भ्रमण गर्ने बताएका छन्। पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भारतसँग थप हवाई मार्गबारे छलफल गरिएको र त्यो छिट्टै निष्कर्षमा पुग्ने र चीन भ्रमणमा जाँदा पनि यो विषयमा छलफल हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अनुसन्धान कार्यमा सरकार दृढ रहेको, थप तीव्रता पाउने र यसमा सरकारले कुनै पनि सम्झौता नगर्ने उल्लेख गरे । भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणलगायतमा सरकार दृढतासाथ अगाडि बढेको भन्दै त्यसलाई थप तीव्रता दिने बर्ता ।

उनले भने, जनताले भोगेका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ र यसको दूरगामी अर्थ रहेको छ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर