अमेरिकी एफ–३५ लाई चुनौती दिन चीनले उडायो जे–२० लडाकु विमान

काठमाडौं ।  चीनले आफैँले बनाएको ट्विन इन्जिन जडेर जे–२० लडाकु विमान उडाएको छ। डब्ल्यूएस–१५ इन्जिन यो आधुनिकतम लडाकु विमानमा राखिएको हो। यससँगै यो विमानको क्षमतामा वृद्धि हुने बताइएको छ।

गतमहिना यो इन्जिन राखेर सो विमान छेन्दु एयरक्राफ्ट इन्डस्ट्रीको परीक्षण मैदानबाट उडाइएको थियो। यसअघि गत वर्ष सो विमानको एउटा इन्जिन चाहिँ डब्ल्यूएस–१५ जडान गरिएको थियो।

जे–२० ले सुरुमा रुसको स्याटर्न ११७एस र चीनकै डब्ल्यूएस–१० सी इन्जिन प्रयोग गरेको थियो। यी दुवै इन्जिन यो विमानले प्राप्त गर्ने गति दिन असमर्थ थिए। जसका कारण अमेरिकी लडाकु विमानसँगको सम्भावित भिडन्तमा जे–२० पछि पर्न सक्ने सम्भावना थियो।

त्यसपछि जे–२० मा केही समय रुसको एएल–३१एफ इन्जिन प्रयोग गरियो। तर, रुसले इन्जिन मात्रै नबेच्ने हुँदा सबै विमानमा त्यो इन्जिन प्रयोग सम्भव भएन। त्यसैले नयाँ इन्जिन जे–२० का लागि गेमचेन्जर हुने विश्वास लिइएको छ। दक्षिण चीन सागरमा अमेरिकाको एफ–३५ लाई चुनौती दिने एक मात्र विमान यही हो। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर