हंगेरियन मिडफिल्डर अनुबन्धमा लिभरपुल तयार

काठमाडौं । लिभरपुलले आरबी लाइपेजिगका मिडफिल्डर डोमिनिक स्लोबोस्जलाईलाई अनुबन्ध गर्न तयार देखिएको छ ।

प्रिमियर लिग क्लब लिभरपुलले ६० मिलियन पाउण्डको रिलिज क्लजमा हंगेरियन खेलाडी अनुबन्धका लागि तयार देखिएको हो ।

२२ वर्षिय आक्रमक मिडफिल्डरले गत सिजन आइपेजिगलाई बुन्डेसलिगाको तेस्रो स्थानमा ल्याउन र जर्मन क्लबको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए ।

दुवै क्लबमा प्रतिनिधि स्लोबोस्जलाई सरुवाको विषयमा सहमत छन् । स्लोबोस्जलाई न्युक्यासल अनुबन्धको नजिक देखिएका थिए । उनले गत सिजन बुन्डेसलिगामा ६ गोल गरे भने ८ गोलको अवसर सिर्जना गरेका थिए ।

उनी सन् २०२१ मा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट लाइपेजिग आएका थिए । उनले ९१ खेलमा २० गोल र २१ गोलको अवसर सिर्जना गरेपछि लाइपेजिगमा अनुबन्ध भएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर