भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको बस गुडिरहेकै बेला टायर पड्किएपछि खम्बामा ठोकिएको थियो ।

ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो । केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएको र मृतकको पहिचान भने खुलीसकेको समाचारमा उल्लेख छ ।

घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँच÷पाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गर्नुभएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर