सेनेगलका फरवार्ड ज्याक्सन चेल्सीमा

काठमाडौं । चेल्सीले सेनेगल फरवार्ड निकोलस ज्याक्सनलाई अनुबन्ध गरेको छ । लण्डन क्लबले भिल्ला रियलका फरवार्डलाई ८ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।

गत सिजन ला लिगमा २२ वर्षिय ज्याक्सनल ३८ खेलमा १३ गोल गरेका थिए ।

चेल्सीले समर ट्रान्सफरमा दोस्रो खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो । यसअघि उसले आरबी आईपेजका फरवार्ड क्रिस्टोफर एनकुन्कलाई ५२ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

दुवै क्लबले खेलाडीको अनुबन्धको रकम खुलाएका छैनन् । तर ज्याक्सनलाई ५२ मिलियन पाउण्ड चेल्सीले खर्च गरेको रिपोर्ट बाहिर आएको छ ।

नयाँ प्रशिक्षक मौरिसियो पोचिटिनोले चेल्सीको टिमलाई नयाँ आकार दिन खोजिरहेका छन् । नाम चलेका ठुला स्टारले क्लब छाडेका छन् भने केही आउनेवाला छन् ।

चेल्सीका फरवार्ड काइ हभाटर््ज आर्सनलमा ६५ मिलियन पाउण्डमा गए भने म्यानचेस्टर सिटीले क्रोएसियन मिडफिल्डर माटिओ कोभासिसलाई २५ मिलियन पाउण्डमा अनुबन्ध गर्यो । चेल्सीका गोलकिपर मेन्डी र कालिदो कौलीबली साउदी अरेबियन क्लबमा अनुबन्ध भए । एनगोलोले कान्टे साउदी च्याम्पियन क्लब अल इत्तिहादसँग सम्झौता गरे ।

विङ्गर हाकिम जियाच समेत साउदी क्लबसँग अनुबन्धको नजिक छन् भने मिडफिल्डर रुविन लोफ्टस चेक समेत एसी मिलान लागेका छन् ।

बर्नेमाउथले गत जनवरीमा ज्याक्सनलाई करिब २० मिलियन पाउण्डमा अनुबन्धन गर्न सहमती गरेको थियो । उनले सबै प्रतियोगिताका २४ खेलमा तीन गोल गरेका थिए । तर उनी मेडिकलमा असफल भएपछि बर्नेमाउथ जाने सम्भावना तत्काललाई रोकिएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर