आजदेखि ढुङ्‍गा, गिट्टी र बालुवाको ओसारपसार ठप्प

काठमाडौं । ढुङ्‍गा, गिट्टी र बालुवाको ओसारपसार ठप्प हुने भएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफ्ना माग पूरा नगरेको भन्दै शनिबारदेखि ढुङ्‍गा, गिट्टी र बालुवाको ओसारपसार ठप्प ठप्प गर्न लागेका हुन् ।

क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले शनिबारदेखि ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने आह्वान गरेको छ । महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।

सरकारले पछिल्लोपटक दिएको म्यादअनुसार अवैधरूपमा चलिरहेका क्रसर उद्योगहरू आगामी असार मसान्तभित्र वैध गराएर सञ्चालन गर्न भनेको छ । त्यस्तै, गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिई दर्ता भएर नयाँ मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर