मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन

काठमाडौं । मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ।  नेपाल क्रिकेट सङ्घ (क्यान) को शुक्रबार बसेको बैठकले माथिल्लो मूलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो ।

क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामकरण गरेको हो । गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएपछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समयदेखि बन्न सुरु गरेको भए नि अझै पनि पूरा नभएको सो खेल मैदानलाई पूर्णता दिनका लागि सरकारले पनि यस आर्थिक वर्षमा सहयोग प्रदान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर