नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध

काठमाडौंं । नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको केही समयपछि फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैको तीन नम्बर पुल क्षेत्रमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

अस्ति बिहीबार मध्याह्नदेखि लगातार खसेको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रबार अपराह्न ६ बजे एकतर्फी खुलेको थियो । तर शनिबार राति करिब ३ः३० बजेतिर आएको सुक्खा पहिरोले सडकमा आवातजावत पूर्णतयाः बन्द भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार लगातार ढुङ्गासहितको सुख्खा पहिरो खसिरहेकोमा जसोतसो पन्छाउने काम भएको थियो । तर, रोकिएका यातायातका साधन पूरै पास गर्दा नगर्दै परेको अविरल वर्षासहितको पहिरोले पुनः सडक रोकियो । उनका अनुसार पहिरो गइरहेको क्षेत्रको मुग्लिन तर्फ र नारायणगढतर्फ एस्काभेटर र डोजर तयारी अवस्थामा राखिएका छन् । तर पनि पानी परिरहेको र लगातार ढुङ्गा खसिरहेको कारण पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर