रास्वपाद्वारा माछा र केरा आयात रोक्न एमालेको सहयोगको याचना

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाबीच शुक्रबार भरतपुर विमानस्थलमा काठमाडौं फर्किने क्रममा भेट भएको छ ।

भेटमा  सभापति लामिछानेले एमाले अध्यक्ष ओलीसँग भने, ‘माछा र केरा बाहिरको नल्याउने अभियान सुरु भएको छ। सहयोग गर्नुपर्छ।’

अन्डामा आत्मनिर्भर उन्मुख रहेकाले त्यस विषयलाई पनि एमाले अध्यक्ष पत्नी राधिका शाक्यले उठाएकी थिइन्। तर, लामिछानेले अहिले अन्डाका विषयमा अभियान नचलेको बताउँदै एक-एक गरेर सुरु गर्ने बताए। तर लामिछानेको कुरामा ओलीले कुनै ठोस जवाफ भने दिएको सुनिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर