व्यक्तिगत कर्जा स्थिर ब्याजदरमा उपलब्ध गराउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ब्यक्तिगत कर्जाको ब्याजदर स्थिर राख्न भनको हो । निश्चित आय भएका व्यक्तिलाई परिवर्तनशील ब्याजदर लागू गर्दा उनीहरुको आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने भन्दै राष्ट्रबैंकले स्थिर ब्याजमा कर्जा उपलब्ध गराउन भनेको हो ।

स्थिर ब्याजदरमा कर्जा दिंदा निर्धारित अवधिमै कर्जा उठाउन सकिने र निश्चित आय भएका व्यक्तिहरुको वित्तीय अवस्थामा नकारात्मक असर समेत नपर्ने पनि राष्ट्रबैंकको भनाइ छ ।

यस्तै, राष्ट्र बैंकले ब्याजदरका सर्तहरु बुझेर मात्र कर्जा उपयोग गर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर