कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री कार्कीेले विश्वासको मत पाएनन्

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत पाएनन् । कार्कीले आफ्नो सत्ता ६ महिनासम्म लम्ब्याउन सके। तर नयाँ बजेट ल्याउन नपाउँदै माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्की पनि शुक्रबारबाट सत्ताबाट बाहिरिएका छन्। यससँगै संघीय सरकारको दोस्रो ठूलो र अधिकांश प्रदेशमा बलियो पडक भए पनि एमाले अब प्रतिपक्षी बेन्चमा पुगेको छ।
मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत प–यो । जम्मा उपस्थित सांसद संख्या ८९ थिए।
पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मतदान गरे। कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्दा एक सिट रहेको जनता समाजवादी पार्टी (जसपा) ले मतदानमा भाग लिएन। प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका (सभामुखबाहेक) १२ र एकीकृत समाजवादीका ४ जना सांसद छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर