नेपालको फिफा वरियता खस्कियो

काठमाडौं । नेपालको फिफा वरियता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनीक गरेको पछिल्लो वरियता अनुसार नेपाल एक स्थान तल झरेको हो ।

नेपाल पुरुष तर्फको विश्व वरियताको १ सय ७५ औं स्थानमा छ । फिफाले बिहीबार पुरुषतर्फको विश्व वरियता सार्वजनीक गरेको थियो ।

दक्षिण एसियाली देशमा भारत शीर्ष सयभित्र अटाएको छ । माल्दिभ्स १ सय ५४ औं, भुटान १ सय ८४ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान २ सय १ औं, श्रीलंका २ सय ७ औं स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा विश्व विजेता अर्जेन्टिना यथावत छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथों, बेल्जियम पाँचौं, क्रोएसिया छैटौं, नेदरल्याण्ड सातौं, इटाली आठौं, पोर्चुगल नवौं र स्पेन दशौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर