मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस

काठमाडौं । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ ।

यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जसका कारण विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ।

मेक्सिकोमा चरम गर्मीले पनि बिजुलीको माग बढेको छ। जसका कारण अधिकारीहरूले धेरै ठाउँबाट विद्युत काट्नु परेकोले जनतामा थप समस्या बढेको जनाएका छन् ।

मन्त्रालयको रिपोर्टअनुसार दुई तिहाइभन्दा बढीको मृत्यु १८ देखि २४ जुनको बीचमा भएको थियो भने बाँकी गत हप्ता भएको थियो। गत वर्षको सोही अवधिमा गर्मीका कारण एक जनाको ज्यान गएको थियो ।

मेक्सिकोमा सबैभन्दा धेरैको मृत्यु गर्मीका कारण भएको हो । त्यसैगरी डिहाइड्रेसन पनि कतिपयको मृत्युको कारण बनेको मिडिया रिपोर्टमा जनाइएको छ ।

६४ जनाको मृत्यु टेक्सासको सिमानामा रहेको उत्तरी राज्य न्यूभो लियोनमा भएको थियो भने बाँकी खाडी तटमा रहेका छिमेकी तामाउलीपास र भेराक्रुजका बासिन्दा थिए। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर