युक्रेन युद्धमा वागनर समूह सहभागी हुन नपाउने

काठमाडौं । रुसले निजी सैनिक समूह वागनरमाथि युक्रेन युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाएको छ ।

गत साता रुसविरुद्ध सैनिक विद्रोहमा उत्रिएपछि वागनरसँग रुसको सम्बन्ध बिग्रिएको हो । रुसी संसद डुमाको रक्षा समितिका एक सदस्यले वागनरमाथि अब कहिल्यै पनि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको जानकारी दिएका हुन ।

वागनर प्रमुख यभ्गेनी प्रिगोझिनले रुसी सेनासँग सम्झौता गर्न अस्वीकार गरेपछि उनी र उनको समूहमाथि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको बताइएको छ । रुससँग सम्बन्ध विग्रिएपछि प्रिगोझिन र उनका २५ हजार लडाकुलाई बेलारुस पठाइएको छ ।

बेलारुस पुगेपछि उनीहरु कहाँ कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा पनि कुनै खबर छैन । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर