सुनको मूल्य २०० ले बढ्याे

काठमाडाैं । आज सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन २ सयले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला एक लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार २ सयले बढेर एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर