कांग्रेस–एमाले मिलेर सरकार बनाउनेबारे छलफल भएको छैन : ओली

काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बदनाम गर्ने ठाउँ नपाएपछि जलहरी काण्ड मच्चाएको बताएका छन् । भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले पशुपतिनाथको मन्दिरमा राखेको जलहरी विषयमा अनावश्यक उचालेर मिडियावाजी गरेको टिप्पणी गरे । “पहिला पित्तल राखेको भनियो, ११ किलो सुन हरायो भनियो, जाँचबुझ हुँदा सबै सुन त्यहीँ भेटियो । सबै कुरा त छानविनबाट प्रष्ट भइसकेको छ, अझै केही गलत मानसिकता भएकाहरू त्यसलाई उछालिरहेका छन् ।”

पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष ओलीले कांग्रेस र एमाले मिलेर सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताउँदै बाहिर आएको हल्लाजस्तो सरकार बनाउने विषयमा छलफल भएको छैन उनले भने ।

तत्काल एमाले र कांग्रेस कुनै पक्षबाट सरकार बनाउने विषयमा प्रस्ताव नआएको उनको भनाइ थियो । ओलीले प्रचण्ड सरकारले गर्व गर्न लायक कुनै काम नगरेको टिप्पणी पनि गरे । ‘उनले भने, “भ्रष्टाचारको विषयमा खुलेका फाइल र नियन्त्रणमा लिएका व्यक्तिहरूको विषय सरकारले गरेको होइन । निरन्तर प्रक्रियाबाट अगाडि बढेको विषय हो यो ।”

पत्रकारले राखेको प्रश्नमा अध्यक्ष ओलीले सरकारको लोकप्रियता हरेक दिन ओरालो लाग्दै गएको दावी गर्दै भने, “प्रोफेसरको हड्डी भाँच्ने मानिसलाई छाड्ने काम सरकारले गरेको छ, के यसलाई राम्रो काम भन्न सकिएला ?”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर