पुटिनले युक्रेनसँग युद्ध हार्‍यो : बाइडेन

काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताएका छन्। उनले रुसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए।

ह्वाइट हाउसमा पत्रकारहरूले पुटिन अहिले कमजोर भए नभएको भनी सोधिएको प्रश्नमा बाइडेनले भने, “यो भन्न गाह्रो छ, तर उनले युक्रेनमा युद्ध हारेका छन् र स्वदेशमा पनि हारिरहेका छन्।” पुटिन अहिले ‘संसारभरिबाट एक्लिएको बाइडेनले बताए।

ह्वाइट हाउसले गत हप्ता रुसमा भएको असाधारण घटनाको परिणामको सावधानीपूर्वक विश्लेषण गरिरहेको छ। उनले भने, “युक्रेनमा रुसी सेनाको सबैभन्दा सक्षम भागमध्ये एक वाग्नर समूहका सेनाहरूले विद्रोह गरेको र मस्कोमा आक्रमण गर्ने धम्की दिएको छ ।”

बाइडेनले गत वर्षको फेब्रुअरीमा सुरु भएको रुसी आक्रमणविरुद्ध युक्रेनको प्रतिरोधलाई समर्थन गर्ने पश्चिमा अभियानको नेतृत्व गरिरहेका छन्। (एजेन्सी)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर