रथ हाइटेन्सन तारमा अड्किँदा ६ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाइटेन्सन तारमा अड्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो। अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो।

घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ।(एजेन्सी)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर